१८ असार २०८३, बिहीबार

नक्कली उपसचिव बनेर ठगी गरेको आरोपमा १ जना पक्राउ

बैशाख ८, २०८२
काठमाडौं
नक्कली उपसचिव बनेर ठगी गरेको आरोपमा १ जना पक्राउ

कानून मन्त्रालयको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका– ५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका– २५ मा बस्ने ४० वर्षीया जानकी न्यौपाने छिन्। उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

न्यौपानेले आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उपसचिव भएको बताउँदै विमानस्थलका विभिन्न शीर्षकमा ठेक्का दिलाइदिने नाममा तीन जनासँग गरी रू. ७ लाख ६० हजार ८ सय असुलेकी थिइन्।

उनले केही पीडितहरूलाई अनुदान र ठेक्का दिलाइदिने भन्दै रकम लिइसकेकी थिइन् भने केहीलाई बाँकी रकम माग्दै गर्दा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

ठगीको आरोपमा पक्राउ परेकी न्यौपानेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्