१९ असार २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठकमा ओली– शिक्षकहरूसँग कुरा भइरहेको छ

बैशाख ८, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठकमा ओली– शिक्षकहरूसँग कुरा भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनको सन्दर्भमा आन्दोलनरत शिक्षकहरूसँग कुरा भइरहेको बताएका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले शिक्षक आन्दोलनका विषयमा शिक्षकहरूसँग कुरा भइरहेको बताएका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा आएको पनि बैठकमा जानकारी गराएका थिए । 

आजको बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।

आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानूनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने एक मन्त्रीले बताए । 

सुशासनलाई लिएर चारैतर्फ प्रश्न उठेको सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा आयोग गठन गर्न अग्रसर भएका हुन् । 

'सरकारको पर्फर्मेन्सलाई लिएर प्रश्नहरू उठ्न थालेका छन् । के रहेछ भनेर म आफैंले पनि बुझ्नुपर्ने भयो, त्यसैले एउटा आयोग बनाएर काम गरौँ,' प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ती मन्त्रीले लोकान्तरलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्