१९ असार २०८३, शुक्रबार

इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन, भारतमा तीन दिन राष्ट्रिय शोकको घोषणा

बैशाख ९, २०८२
काठमाडौं
इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन, भारतमा तीन दिन राष्ट्रिय शोकको घोषणा

क्याथोलिक इसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । पोप फ्रान्सिस इतिहासका पहिलो ल्याटिन अमेरिकी पोप थिए।

इटालियन सञ्चारमाध्यमका अनुसार पोपको मृत्यु ब्रेन स्ट्रोकका कारण भएको हो। स्ट्रोकका कारण उनको मस्तिष्कमा रक्तस्राव भएको थियो। यसअघि फेब्रुअरी १४ मा फोक्सोमा संक्रमण देखिएपछि उनलाई रोमको एक अस्पतालमा भर्ना गरिएको थियो।

पोप फ्रान्सिस, जसको वास्तविक नाम जोर्ज मारियो बेर्गोलियो हो। उनी सन् २०१३ को मार्च महिनामा पोपको रूपमा चयन गरिएका थिए । सादगीपूर्ण जीवनशैली, सामाजिक न्यायप्रति प्रतिबद्धता र वातावरण संरक्षणप्रति स्पष्ट धारणा राख्ने नेताका रूपमा उनी विश्वभर परिचित थिए। 

उनको निधनले केवल क्याथोलिक समुदायमा मात्र होइन, सारा विश्वमा शोकको लहर फैलिएको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

पोप फ्रान्सिस मिर्गौलाको रोगबाट पीडित थिए र यही कारण सोमबार उनको निधन भएको हो। भेटिकनले एक भिडियो सन्देश जारी गर्दै यसबारे जानकारी दिएको छ।

उक्त सन्देशमा भनिएको छ, ‘रोमन क्याथोलिक चर्चका पहिलो ल्याटिन अमेरिकी धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ। ८८ वर्षका उनी केही समय अघिसम्म भेन्टिलेटरमा रहेका थिए र उपचारपछि घर फर्किएका थिए। हालै उनले डबल निमोनियाको गम्भीर संक्रमण पनि झेलेका थिए।’

पोप फ्रान्सिसको निधनप्रति सम्मान प्रकट गर्दै भारत सरकारले देशभर तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। 

भारतको गृह मन्त्रालयका अनुसार राजकीय शोकको पहिलो चरण मंगलबार र बुधबार दुई दिन रहनेछ। तेस्रो दिनको शोक पोप फ्रान्सिसको अन्त्येष्टि हुने दिन मनाइनेछ। 

शोक अवधिभर भारतको राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने शोक अवधिभर कुनै पनि सरकारी मनोरञ्जन कार्यक्रम आयोजना गरिने छैन।

salt training

कमेन्ट गर्नुहोस्