![सत्य निरूपण आयोगका लागि कल्याण श्रेष्ठ, राधेश्याम अधिकारी, कुलचन्द्र गौतम लगायतको नाम सिफारिस [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalyan_shrestha__vKeXhzD88r.jpg)
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्ष र पदाधिकारीका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको नाम सिफारिस भएको छ ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले पूर्वप्रधानन्यायाधीश श्रेष्ठसहितको नाम सिफारिस गरेको हो ।
द्वन्द्व पीडित विभिन्न संघ संस्थाको सिफारिसको आधारमा समितिले श्रेष्ठ लगायतको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभाका पूर्वसांसद वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल लयातलको नाम सिफारिस भएको छ ।
पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, मानवअधिकारवादी संस्थाकी मन्दिरा शर्मा लगायतको नाम पनि सिफारिसमा परेको छ ।
सदस्यका लागि सुवोध प्याकुरेल, राजुप्रसाद चापागाईं, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतको नाम सिफारिसमा परेको छ । ८२ जनाले आफैं दरखास्त दिएका थिए भने २९ जनालाई विभिन्न संस्थाले सिफारिस गरेका थिए ।
सिफारिस नामबाट सरकारले आयोगमा पदाधिकारी नियुक्त गर्नेछ । शान्ति सम्झौता भए लगत्तै गठन गर्नुपर्ने संक्रमणकालीन न्याय सम्बन्धी आयोग १८ वर्षसम्म गठन हुन सकेका छैनन् ।

सिफारिस सूची हेर्नुहोस् :