०१ साउन २०८३, शुक्रबार

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

मंसिर १३, २०७४
उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

उदयपुर, १३ मंसिर - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए । 

उम्मेदवार तथा मतदातालाई लक्षित गरेर विस्फोटका घटना बढेपछि जिल्लामा सुरक्षाकर्मीको संख्यामा वृद्धि गरिएको र सुरक्षा चेकजाँचलाई बढाइएको उनले बताए  । उम्मेदवारहरुले मागेअनुसार सुरक्षा उपलब्ध गराइएको र चौबीसै घण्टा उम्मेदवारको अघिपछि सुरक्षाकर्मी परिचालन गरिएको उनको  भनाइ थियो । 

जिल्लाका मुख्य नाका र शंकास्पद स्थानमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको र प्रभावकारी रुपमा सुरक्षा प्रबन्ध गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए  । 

मंगलबार जिल्लाका विभिन्न स्थानमा उम्मेदवारमाथि बम प्रहार गर्नेमध्ये थप दुई जनालाई पक्राउ गरिएको उनले बताए  । एक साता अघि मात्र उदयपुर गढी गाउँपालिकाको नरेटारमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर बम प्रहार भएको थियो । 

त्यस्तै मंगलबार बिहान नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति तथा उदयपुर क्षेत्र नं १ को (ख) का उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भण्टाबारीस्थित घरमा नै बम आक्रमण भएको थियो । मंगलबार नै काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वशहरी विकासमन्त्री एवं क्षेत्र नं १ का उम्मेदवार डा नारायण खड्कालाई लक्षित गरेर त्रियुगा नगरपालिका– १० बाबरीमा बम आक्रमण भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्