
सुनसरीबाट करिब ३ सय २३ किलो गाँजासहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका- ५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्की छन् । उनलाई मंगलबार बिहान पक्राउ गरिएको पहरीले जनाएको छ।
कोशी गाउँपालिका- १ भन्सार कार्यालय अगाडिबाट अवैध लागुऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम बरामद भएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीमा प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।