२५ असार २०८३, बिहीबार

जम्मू-कश्मीरमा आतंकवादी आक्रमणपछि मोदीले छोट्याए साउदी भ्रमण

बैशाख १०, २०८२
काठमाडौं
जम्मू-कश्मीरमा आतंकवादी आक्रमणपछि मोदीले छोट्याए साउदी भ्रमण

जम्मू-कश्मीरमा आतंकवादी आक्रमणपछि भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी बुधबार राति नै भारत फर्किने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

जम्मू-कश्मीरस्थित पहलगामको पर्यटक स्थल बैसरानमा मंगलबार आतंककारीले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक यूएईका नागरिक) छन् । ३६ जना घाइते भएका छन् ।

यो आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्