
निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न शुरू भएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको काम शुरू भएको हो ।
'अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौं,' आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालू आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
'सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ ।नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौं,' सुवेदीले भने ।
निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको सम्झौता भएको हो ।