२५ असार २०८३, बिहीबार
विश्वलाई स्तब्ध बनाउने अमानवीय घटना

जम्मू-कश्मीर हमला : हिन्दू र मुस्लिम छुट्याउन आतंककारीले अपनाएका थिए क्रूर तरिका

बैशाख १०, २०८२
काठमाडौं
जम्मू-कश्मीर हमला : हिन्दू र मुस्लिम छुट्याउन आतंककारीले अपनाएका थिए क्रूर तरिका
पहलगाम आतंकवादी हमलाबारे बोल्दै ज्यान गुमाएका पीडितका आफन्त । तस्वीर : एएनआई

भारतको जम्मू-कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलवार दिउँदो भएको भएको आतंकवादी हमलाले विश्वलाई स्तब्ध बनाएको छ ।

द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) पाकिस्तानमा आधारित लश्कर-ए-तैयबाको एक शाखाले उक्त हमलाको जिम्मेवारी लिएको लिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले उक्त हमलामा २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने २० भन्दा बढी घाइते भएका छन् ।

यो घटना २०१९ को पुलवामा हमला पछिको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ । आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

सुनियोजित हमला पृष्ठभूमि

यो हमला मंगलवार दिउँसो २ बजेर ५० मिनेट जाँदा पहलगामको बैसारन मिडोमा भएको थियो । उक्त स्थान एक लोकप्रिय पर्यटकीय स्थल हो ।

यो क्षेत्र पैदल वा घोडा चढेर मात्र पुग्न सकिन्छ । यही कारण आतंककारीले यसलाई हमलाका लागि उपयुक्त ठाउँ बनाएका थिए ।

ठीक त्यही बेला चारदेखि ६ जनाको संख्यामा रहेका आतंककारीले स्वचालित हतियार बोकेर पर्यटकहरूमाथि आकस्मिक आक्रमण गरे ।

कश्मीरमा भारतले कथित रूपमा 'जनसांख्यिकीय परिवर्तन' ल्याउन खोजेको भन्दै त्यसको विरोधका रूपमा यो हमला गराएको आतंककारीको भनाइ छ ।

उनीहरूले ८५ हजारभन्दा बढी बाहिरी मानिसलाई कश्मीरमा बसोबास गराइएको आरोप लगाएका छन् ।

हिन्दू-मुस्लिम पहिचानको क्रूर तरिका

आतंककारीहरूले यो हमलामा धार्मिक आधारमा पीडितलाई छुट्याउन निकै क्रूर र अपमानजनक तरिका अपनाए ।

उनीहरूले पर्यटकको पहिचानपत्र जाँच गरे र नाम तथा अन्य विवरणको आधारमा उनीहरूको धार्मिक पृष्ठभूमि अनुमान लगाए ।

यसबाहेक आतंककारीले पुरुष पर्यटकहरूलाई पाइन्ट खोल्न लगाएर धार्मिक पहिचान पत्ता लगाएका थिए । विशेषगरी मुस्लिम समुदायको लिङ्ग खतना गरिएको हुन्छ । उनीहरूले लिङ्ग हेरेर धार्मिक पहिचान पत्ता लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो कार्य अत्यन्त अमानवीय र अपमानजनक रहेको प्रत्यक्षदर्शीले भारतीय सञ्चारमाध्यम समक्ष बताएका छन् ।

आतंककारीहरूले मुस्लिम पर्यटकहरूलाई जोगाएर गैर-मुस्लिमलाई मात्र निशाना बनाएका थिए ।

एकजना हिन्दू महिलालाई जिउँदै छाडियो तर, उनको एउटा भिडियो खिच्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'आतंकको भयावहता'को सन्देश सुनाउन लगाइयो ।

आतंककारीले धेरैलाई नजिकबाट गोली हानेका थिए । त्यहाँ खिचिएका भिडियो फुटेजहरूमा रगतमा लतपतिएका व्यक्तिहरू भुइँमा लडिरहेको र अरूले मद्दतको लागि गुहार मागिरहेको दृश्य देखिएको छ ।

हताहत रघाइतेकोविवरण

यो हमलामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमा, २४ जना भारतीय पर्यटक (कर्नाटक, केरला, महाराष्ट्र, ओडिशा, गुजरात, हरियाणा, पश्चिम बंगाल र उत्तर प्रदेशका), २ जना स्थानीय कश्मीरी र २ जना विदेशी पर्यटक (नेपाल र संयुक्त अरब इमिरेट्सका) समावेश छन् ।

मृतकमध्ये एकजना २६ वर्षीय भारतीय नौसेनाका अधिकारी र अर्का तेलंगानामा कार्यरत इन्टेलिजेन्स ब्यूरोका अधिकारी थिए ।

नेपालका एक नागरिक पनि यो हमलामा मारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तत्कालको सुरक्षा र आपतकालीन प्रतिक्रिया

हमलापछि भारतीय सेना र स्थानीय प्रहरीले तुरुन्त संयुक्त खोजी र घेराबन्दी अभियान शुरू गरेका छन् । हेलिकप्टरको प्रयोग गरेर आतंककारीहरूको खोजी गरियो र पहलगामका केही भागमा अस्थायी लकडाउन गरियो ।

भारतीय गृहमन्त्री अमित शाहले आक्रमणलगत्तै श्रीनगरमा पुगेर सुरक्षा समीक्षा बैठक गरे भने प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय छलफल गरे ।

अन्तर्राष्ट्रिय र भारतीय नेताहरूको प्रतिक्रिया

यो हमलाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई क्रूर अपराध भन्दै आतंकवादविरुद्ध भारतसँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री मोदीसँग कुरा गरेर शोक व्यक्त गरेका छन् । संयुक्त राष्ट्र र युरोपेली संघले पनि यो हमलाको कडा निन्दा गरे ।

भारतीय नेताहरूले यो घटनालाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै दोषीहरूलाई कडा सजाय दिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, 'यो आतंकवादी हमलालाई कडा निन्दा गर्छु । यो जघन्य कार्यका दोषीहरूलाई न्यायको कठघरामा ल्याइनेछ ।'

त्यस्तै, जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो हालैका वर्षहरूमा नागरिकहरूमाथि भएको सबैभन्दा ठूलो हमला भएको बताए ।

नेपाल सरकारले उनको मृत्युको पुष्टि गर्दै पीडित परिवारलाई सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो हमलाको निन्दा गरेका छन्  र भारतसँग एकजुट रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्