०७ साउन २०८३, बिहीबार
शिक्षामन्त्री बन्दै पन्त

रघुजी पन्त शिक्षामन्त्री, भोलि शपथ

बैशाख १०, २०८२
काठमाडौं
रघुजी पन्त शिक्षामन्त्री, भोलि शपथ

एमाले सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।

विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

पन्तलाई मन्त्री बनाउने निर्णयपछि प्रधानमन्त्री कार्यालयले शपथको लागि तयारी गर्न राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको छ । 

राष्ट्रपति कार्यालयले भोलि बिहीबारका लागि शपथको तयारी पनि गरेको छ । 

शिक्षक आन्दोलन जारी रहेकै बेला शिक्षामन्त्री भट्टाराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् । 

कमेन्ट गर्नुहोस्