०८ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

बैशाख १०, २०८२
काठमाडौं
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

काठमाडौंको तारकेश्वर नगरपालिका–५ मुड्खु चेक पोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल वसुन्धरामा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्