०९ असार २०८३, मंगलबार

राष्ट्रिय मान्यता प्राप्त दल कति हुन्छन् ?

मंसिर १४, २०७४
राष्ट्रिय मान्यता प्राप्त दल कति हुन्छन् ?

काठमाडौँ, १४ मङ्सिर- ‘राष्ट्रिय मान्यता प्राप्त दल कति हुन्छन् ?’ निर्वाचनसँगै यो विषय पनि चासोमा छ । किनभने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सीट र तीन प्रतिशत मत प्राप्त गर्नेमात्र राष्ट्रिय पार्टी हुनेछन् । यसले अब बढीमा छ दलसम्म राष्ट्रिय पार्टी बन्न सक्नेछन्, विगतका चुनावी परिणाम केलाउँदा ।

संविधानसभाको पहिलो निर्वाचन यता व्यवस्थापिकामा सदस्यको संख्यामात्रै होइन, संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या पनि ठूलो थियो । संविधानसभाबाट जारी संविधान कार्यान्वयनयताको पहिलो निर्वाचन (मंसिर १० र २१) बाट बन्ने संघीय संसदमा भने सांसदहरुको संख्या मात्रै होइन, सदनमा प्रतिनिधित्व गर्ने दललहरुको संख्यामा समेत छरितोपन आउनेछ, कान्तिपुरमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्