२९ जेठ २०८३, शुक्रबार

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

बैशाख १०, २०८२
काठमाडौं
टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार दिउँसो ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए । केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्