२३ जेठ २०८३, शनिबार

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

बैशाख १०, २०८२
काठमाडौं
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन् । 
आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताएका हुन् । 

उनले भने, “सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” 

यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा  पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्