०८ असार २०८३, सोमबार
९० दिनभित्र बन्द गरिने

एमसीसी परियोजना बन्द गर्ने ट्रम्प प्रशासनको निर्णय

बैशाख ११, २०८२
काठमाडौं
एमसीसी परियोजना बन्द गर्ने ट्रम्प प्रशासनको निर्णय

ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो । 

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ । 

एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । 

सीएनएनको समाचारअनुसार विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख छ ।

सोअनुसार संस्थाका कर्मचारी पनि कटौती गरिनेछ । ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने जानकारी दिइएको सीएनएनले जनाएको छ । 

इमेलअनुसार ३२० जनाभन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिएको छ । प्रस्तावमा रुचि राख्नेहरूलाई अप्रिल २९ सम्म इमेल पठाउन भनिएको छ । केही कर्मचारीहरूलाई मे ५ बाट बिदामा राख्न सकिने जनाइएको छ, यद्यपि यसबारे मिति स्पष्ट गरिएको छैन ।

सन् २००४ मा कंग्रेसद्वारा सिर्जना गरिएको एमसीसीले युक्रेन एल साल्भाडोर र नेपाललगायत दर्जनौं विकासशील देशहरूलाई पूर्वाधार र नीति सुधारका लागि सहयोग गर्दै आएको थियो । एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो । 

एमसीसीलाई चीनको बेल्ट एण्ड रोड पहलप्रति अमेरिकी प्रतिक्रियाको रूपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्