०८ साउन २०८३, शुक्रबार

लिभरपुल उपाधि नजिक

बैशाख ११, २०८२
काठमाडौं
लिभरपुल उपाधि नजिक

लिभरपुल इङ्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेलेपछि लिभरपुललाई कीर्तिमानी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न अब मात्र एक अंक चाहिएको छ । ७९ अंक भएको लिभरपुलको ५ खेल बाँकी छ । ६७ अंक भएका दोस्रो स्थानको आर्सनलको चार खेल बाँकी छ।

अब लिभरपुल आइतबार टोटनह्यामसँगको खेलमा पराजित नभए पुग्छ । एनफिल्डमा हुने सो खेल जित्दा वा बराबरी गरेमा बाँकी चार खेलअगावै लिभरपुलले उपाधि हात पार्नेछ । योसँगै लिभरपुलले पाँच वर्षमा दोस्रो र समग्रमा म्यानचेस्टर युनाइटेडसँग बराबरी गर्दै २०औं लिग उपाधि उचाल्ने छ ।

घरेलु भूमिमा भएको खेलमा आर्सनलले तेस्रो मिनेटमा नै ज्याकोब किबिरको हेड गोलमा अग्रता लिएको थियो । २७ औँ मिनेटमा क्रिस्टल प्यालेसका एबरेजी एजले गोल गरे । लियोनार्डो ट्रोसार्डले मध्यान्तर अघि गोल गरे । जियान फिलिप माटेटाले प्यालेसका लागि अर्को पटक बराबरी गोल गरे । 

लिभरपुलले सन् २०२० मा उपाधि जित्दा ३० वर्ष लामो प्रतीक्षा तोडेको थियो । अघिल्ला दुई सिजनमा प्रिमियर लिगको उपविजेता बनेको आर्सनल अब तेस्रो पटक पनि दोस्रो स्थानमा सीमित हुने खतरा छ । मंगलबार एस्टन भिलालाई २–१ ले हराएको म्यानचेस्टर सिटी आर्सनलभन्दा ६ अंकले पछाडि तेस्रो स्थानमा छ।
 

salt training

कमेन्ट गर्नुहोस्