
साताभर गिरावट आएको शेयर बजारमा बिहीबार सामान्य वृद्धि देखिएको छ ।
नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा कायम भएको छ ।
१६१ कम्पनीको शेयर मूल्य बढ्दा ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १ कम्पनीमा कुनै परिवर्तन भएन ।
१ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोडको कारोबार भएको छ ।
कारोबारका हिसाबले एनजीपीएल, राधी र एनआरएन सबैभन्दा अगाडि रहन पुगे ।
बिहीबारको कारोबार पनि बजार पुँजीकरण ४४ ख्ब १९ अर्ब पुगेको छ ।