०७ साउन २०८३, बिहीबार

सरकारको आलोचना गर्ने समय बल्ल आउँदैछ– शंकर पोखरेल

बैशाख १२, २०८२
काठमाडौं
सरकारको आलोचना गर्ने समय बल्ल आउँदैछ– शंकर पोखरेल
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दलले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्ने समय बल्ल आउन लागेको बताएका छन् ।

अहिलेसम्म माओवादी सम्मिलित सरकारले ल्याएको नीति कार्यक्रम र बजेट कार्यान्वयन गर्ने मात्र काम भएको उनको भनाइ छ ।

एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पोखरेलले सरकारको आलोचना गर्ने समय बल्ल आउन लागेको बताएका हुन् । 

‘सरकारले अहिलेसम्म के नराम्रो काम गर्‍यो र आलोचना गर्ने ? सरकारका नीति तथा कार्यक्रम आएपछि प्रतिपक्षले आलोचना गर्ने समय बल्ल आउँदैछ । अहिलेसम्म माओवादी सम्मिलित सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन गरिराखेको छ,’ पोखरेलले भने ।

एमालेको नेतृत्वलाई बदनाम गर्नको अनेकन तथ्यहीन कूप्रचार गरिएको पोखरेलले दावी गरे । ‘कम्बोडियाको टेलिकममा लगानी भनेर यति ज्यादा हल्ला मच्चाइयो । जबकि गभर्मेन्ट होल्डिङ कम्पनी हो, त्यहाँ कसरी लगानी अपारदर्शी हुन्छ ?,’ पोखरेलले भने, ‘त्यसको लगानीकर्ता नेपालको प्रधानमन्त्री भएको तथ्य फेला पारेको भए दुर्गा प्रसाईंले सार्वजनिक गर्नु पर्थ्यो ? सीएनन र बीबीसीको हेडलाइन बन्थ्यो नि !’

कमेन्ट गर्नुहोस्