१० साउन २०८३, आइतबार
सरकार परिवर्तनको हल्लाबारे देउवाको प्रष्टोक्ति

थाइल्याण्डबाट फर्केपछि देउवाले भने- केही भएको छैन, गठबन्धन ठीक छ

बैशाख १२, २०८२
काठमाडौं
थाइल्याण्डबाट फर्केपछि देउवाले भने- केही भएको छैन, गठबन्धन ठीक छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा कुनै खटपट नआएको स्पष्ट पारेका छन् ।

शुक्रबार थाइल्याण्डबाट फर्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले सरकार परिवर्तनबारे केही नभएको बताएका हुन् । 

 ‘केही भएको छैन, गठबन्धन टिक्छ,’ सत्ता समीकरणमा खटपट भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने । 
 
देउवाले सञ्चारकर्मीसँग औपचारिक नबोले पनि परराष्ट्र मन्त्री एवं देउवा पत्नी आरजुले भने मनोरञ्जनको लागि मात्रै सरकार परिवर्तनको हल्ला भएको बताइन् । 

हल्ला भएपछि बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेबरहादुर देउवाबीच कुराकानी भएको उनले बताइन् । 

दुवै नेताले यही सरकारलाई निरन्तरता दिएर जाने र स्थायित्व दिनमा प्रतिवद्ध भएको आरजुले बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्