२४ जेठ २०८३, आइतबार

कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सांसद अर्यालको आग्रह

बैशाख १२, २०८२
काठमाडौं
कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सांसद अर्यालको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डीपी)ले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटलाई यथार्थपरक बनाउन र जनताको समस्या समाधानमा केन्द्रित गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट बनाउन सरकारलाई सुझाव दिँदै अर्यालले सामाजिक न्याय र समावेशितालाई ख्याल गर्न सुझाव दिए ।

कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सरकारलाई सचेत गराउँदै उनले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै सांसद अर्यालले शिक्षक, चिकित्सक, सहकारी पीडितलगायतको असन्तुष्टि सम्बोधन गर्नेतर्फ ध्यान नदिइएको धारणा राखे ।

सुधारको शुरूआत संविधानमा रहेको कमजोरीलाई सुधारबाट गर्नुपर्नेमा जोड दिँदै उनले सोही प्रयोजनका लागि गठन गरिएको भनिएको वर्तमान सरकारले त्यसतर्फ काम गर्न नसकेको उल्लेख गरे ।

सांसद अर्यालले आफ्ना पार्टीका सभापति रवि लामिछानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा आपत्ति प्रकट गर्दै सरकार जसरी पनि थुन्ने प्रक्रियामा लागेको लगाए ।

salt training

कमेन्ट गर्नुहोस्