१५ असार २०८३, सोमबार

जनताको माग सम्बोधन गर्नुपर्नेमा महासचिव गुरुङको जोड

बैशाख १२, २०८२
सुर्खेत
जनताको माग सम्बोधन गर्नुपर्नेमा महासचिव गुरुङको जोड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताको माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुर्खेत रेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुरुङले अहिले मुलुकमा थुप्रैखाले समस्या देखिँदा जनतामा निराशा छाएको बताए । सहकारी, मिटरब्याजी पीडित, शिक्षक, कर्मचारी, चिकित्सक स्वास्थ्यकर्मीहरुका समस्या एकैपटक बाहिर आउनुमा सरकारको कार्यशैली जिम्मेवार भएको उनले आरोप लगाए । 

मुलुकको विकासका निम्ति स्थिरता र राजनीतिक स्थायित्व आवश्यक रहेको महासचिव गुरुङको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्