२२ असार २०८३, सोमबार

एक महिना हुन लाग्यो शिक्षकसँग छिटो वार्ता गरौं : शेखर कोइराला

बैशाख १४, २०८२
काठमाडौं
एक महिना हुन लाग्यो शिक्षकसँग छिटो वार्ता गरौं : शेखर कोइराला
फाइल फोटो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले धेरै ढिलाइ भएको भन्दै वार्तामार्फत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षासमेत सरेको छ, शेखरले भनेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

शिक्षा विधेयक छिटो पारित गर्नुपर्नेसहितका माग राखी शिक्षकहरू २६ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

अहिलेसम्म शान्तिपूर्ण आन्दोलन भए पनि आइतबार बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गरेको छ ।

जसमा दर्जनौं शिक्षक र एक पत्रकार घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्