०४ असार २०८३, बिहीबार

क्यानडाको भ्यानकुभरमा एउटा कार भीडमा घुस्यो, ११ जनाको मृत्यु

बैशाख १५, २०८२
काठमाडौं
क्यानडाको भ्यानकुभरमा एउटा कार भीडमा घुस्यो, ११ जनाको मृत्यु

क्यानडाको भ्यानकुभरमा आइतबार लापु दिवस मनाउने क्रममा एउटा कार भीडमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

कार चालकलाई पक्राउ गरी हिरासतमा लिइएको बीबीसीले जनाएको छ । संदिग्ध व्यक्ति भ्यानकुभरका बासिन्दा हुन् । प्रहरीले अभियुक्तलाई अदालतमा पेश गरेको छ । काइ-जीमाथि धेरै हत्याको आरोप लगाइनेछ

भ्यानकुभर प्रहरीले घटनामा परेका पीडितहरू पाँचदेखि ६५ वर्ष उमेरका रहेको बताएको छ, जबकि केही पीडितहरूको पहिचान हुन सकेको छैन।

अप्रिल २७ मा भ्यानकुभरमा फिलिपिनी समुदायको लापु लापु दिवस समारोहमा कार ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए।

मारिनेहरूमा पुरुष र महिला दुवै रहेको समाचारमा उल्लेख छ । 

लापु लापु दिवस हरेक वर्ष अप्रिल २७ मा फिलिपिन्समा मनाइन्छ। लापु लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्