२६ जेठ २०८३, मंगलबार

चार महिनापछि यारी भन्सार कार्यालय पुन: सञ्चालनमा

बैशाख १५, २०८२
हुम्ला
चार महिनापछि यारी भन्सार कार्यालय पुन: सञ्चालनमा

हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा शुरू भएको हो । 

'तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ,' कार्यालय प्रमुख जैसीले भने ।

सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रूपमा बन्द हुन्छ । 

नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । 

यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्