
कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
आइतबार राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा लिङ्देन सहभागी भएका हुन् ।
राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले नयाँ दल खोलेका थिए । झण्डै चार वर्षपछि थापा र लिङ्देनले मञ्च साझेदारी गरेका हुन् ।

तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको एक महिनापछि राप्रपा नेपालले रत्नपार्कमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा राजसंस्था पुनः स्थापनाका लागि संघर्ष समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्तिका केशरबहादुर विष्ट पनि सहभागी छन् ।
चैत १५ गतेको हिंसात्मक आन्दोलनका कारण नजरबन्दमा परेका सुवेदी नजरबन्द मुक्त भएपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका हुन् ।