०१ साउन २०८३, शुक्रबार
रत्नपार्कमा राजावादीको सभा

राप्रपा नेपालको कार्यक्रममा पुगेर लिङ्देनले भने– पूर्वाग्रह त्यागेर देशभक्तहरू एक ठाउँमा बसौं

बैशाख १५, २०८२
काठमाडौं
राप्रपा नेपालको कार्यक्रममा पुगेर लिङ्देनले भने– पूर्वाग्रह त्यागेर देशभक्तहरू एक ठाउँमा बसौं

​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सबैसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

आग्रह पूर्वाग्रह त्यागेर देशको निकासको लागि एक ठाउँमा बस्न उनले राजावादी पार्टीहरूलाई आग्रह गरे । 

कमल थापा नेतृत्वको राप्रपा नेपालले सोमबार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सबैसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । 

‘मुलुक हाम्रो समयकै कठिन अवस्थामा पुगेको छ । देशको अस्मिता रक्षाका लागि सबै देशभक्त शक्तिहरू एक ठाउँमा आउन जरुरी छ,’ लिङ्देनले भने, ‘सिंगो देशले हामीलाई आशाको नजरले हेरेको छ । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशको निकासको लागि एक ठाउँमा बसौं ।’

लिङदेनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग पूरा गर्न दबाब सृजना गर्ने बताए । ‘राजसंस्थाको पक्षमा आवाज उठाउनेलाई प्रहरी कस्टडीमा राखिएको छ । उनीहरुको रिहाइ र न्यायिक छानबिनका लागि सशक्त दबाब सृजना गरौं,’ उनले भने । 
कार्यक्रममा राजसंस्था पुनःस्थापनाका लागि संघर्ष समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्तिका केशरबहादुर विष्ट पनि सहभागी छन् ।

राप्रपा महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले छुट्टै दल खोलेका थिए । 

त्यसको झण्डै ४ वर्षपछि लिङ्देन र थापा एउटै मञ्चमा देखिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्