
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई लिङ्देनले भेटेका हुन् ।
लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि मिश्रलाई भेट्न गएका थिए । १५ चैतको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै मिश्र पक्राउ परेका थिए ।