३० जेठ २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बैशाख १५, २०८२
काठमाडौं
बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । 

प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर, बैठक केही बेर अगाडि मात्रै शुरू भएको हो ।

आजको बैठकमा २७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकका मागबारे निर्णय हुनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकअघि सत्ता साझेदार एमाले-कांग्रेसका दोस्रो तहका नेताहरूले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गरेका थिए । 

यो पनि पढ्नुहोस्- मन्त्रिपरिषद् बैठकअघि गल्फुटारमा शिक्षक प्रतिनिधिसँग कांग्रेस-एमालेको छलफल

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा उनीहरूबीच छलफल भएको हो । 

छलफलमा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना, सरकारबाट उपप्रधामन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमालेबाट महासचिव शंकर पोखरेल र कांग्रेसबाट महामन्त्री गगन थापा सहभागी थिए ।

गल्फुटारको छलफलबाट पौडेल, लेखक र पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी सिधै बालुवाटार पुगे हुन् । 

salt training

कमेन्ट गर्नुहोस्