३२ असार २०८३, बिहीबार
मन्त्रिपरिषद् बैठकको निर्णय:

बुधवारसम्म शिक्षकका माग सम्बोधन हुन्छन् - प्रवक्ता गुरुङ

बैशाख १५, २०८२
काठमाडौं
बुधवारसम्म शिक्षकका माग सम्बोधन हुन्छन् - प्रवक्ता गुरुङ

सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले बुधवारसम्म शिक्षकको माग सम्बोधन गरेर पठन पाठनमा फर्काउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

विद्यालय शिक्षा विधेयकको माग गर्दै गत चैत्र २० गतेदेखि देशभरिका शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका छन् । 

यसबीच भएका पटक-पटकका वार्ता प्रयासहरू सफल हुन सकेका छैनन् भने आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ । 

सरकारमाथि शिक्षकका मागप्रति गम्भीर नभएको आरोप लागिरहेका बेला सोमवार साँझ अबेर बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्