0 shares
काठमाडौं, १४ मंसिर - सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनमा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले क्रिसमस डे पौस १० गते पनि सार्वजनिक विदा दिने जनाएको छ ।