
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रूपमा पछाडि धकेल्ने बताएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाले १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजना गरेको प्रवचन कार्यक्रम उनले देशलाई पछाडि पार्ने काम कसैले गर्न नहुने बताए ।
जनतालाई प्रत्येक्ष रूप सेवा दिने कर्मचारीमा देशभक्तिको भावना भए कुनै समस्या नआउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा मजदुरको जीवनको कुनै मूल्य नहुने भन्दै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताए ।