१९ असार २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्रीद्वारा शिक्षकसँग भएको वार्ताबारे ब्रिफिङ

बैशाख १५, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्रीद्वारा शिक्षकसँग भएको वार्ताबारे ब्रिफिङ

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग सोमबार भएको वार्ताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन् । वार्तालगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी पन्तले ब्रिफिङ गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

बैठकमा शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षामन्त्रीले जानकारी गराएको गुरुङको भनाइ छ । सोमबारको वार्तासँगै आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको समेत शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए । 

करिब ३ घन्टाको छलफलमा शिक्षक महासंघले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएको एक शिक्षक नेताले बताए । उनका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गृहकार्य गरेर तयार पारेको ७ बुँदे प्रस्तावकै वरिपरि रहेर सहमति जुटाउने प्रयास भएको छ ।

यसैबीच  शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने सञ्चारमन्त्री गुरुङले बताएका छन् । 

मन्त्रिपरिषद् बैठकपछि गुरुङले भने, ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने वातावरण सरकारले निर्माण गर्दैछ ।’ शिक्षकहरु २७ दिनदेखि विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्