
निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर (पिजी) तहका विद्यार्थीले पनि सरकारी कलेजका विद्यार्थीले पाए सरह निर्वाह भत्ता पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको छ ।
साथै आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी अब आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय पनि बैठकले गरेको छ । गोरखापत्रमा खबर छ ।