३० असार २०८३, मंगलबार

देश टुक्रयाउन खोजेको होइनः महन्थ ठाकुर

मंसिर १४, २०७४
देश टुक्रयाउन खोजेको होइनः  महन्थ ठाकुर

महोत्तरी, १४ मंसिर - राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले आफूहरुले  देश टुक्रयाउन नखोजेको बताएका छन्  । 

महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका संयोजक ठाकुरले आज जलेश्वरमा आयोजित चुनावीसभामा भने –“आफूहरु देश टुक्रयाउन नखोजेर काठमाडौँलाई मधेशसँग सिधा जोड्न खोजेको हो ।” 

काठमाडौँले मधेश र मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भने मात्र चाहेको हो, उनले भने –“त्यसका लागि काठमाडौँ र मधेशमा बस्ने सबै नेपालीका बीच प्रगाढ सम्बन्ध स्थापित गर्न राज्यलाई जिम्मेवार बनाउन खोजेको हो । ” 

संयोजक ठाकुरले मधेश बिना पहाडको र पहाड बिना मधेशको परिकल्पना गर्नु कसैका लागि हितकर नहुने बताउँदै आफूहरु त्यही कुरा काठमाडौँमा बसेर मधेशी जनताको नाउँमा झूठो राजनीति गर्नेहरुलाई बुझाउन खोजेको धारणा व्यक्त गरे  । 

नेपाल सबै नेपालीको साझा घर हो र यहाँ बस्ने एक÷एक व्यक्ति बराबरका हिस्सेदार रहेकाले यसलाई टुक्रयाउनुमा कसैको भलो नहुने भएकाले यसलाई अखण्ड राख्नु सबैको साझा दायित्व रहेको उनले बताए  । 

संयोजक ठाकुरले नेपालका हिमाल, पहाड र तराई मधेशमा बस्ने सबैले बराबरको हक, अधिकार, मान, सम्मान र पहिचान पाउनुपर्छ भन्दै राज्यले त्यो नदिएसम्म देशमा विभिन्न आन्दोलन चलिरहने स्पष्ट पारे  । 

salt training

कमेन्ट गर्नुहोस्