
प्रधानसेनापति अशोक राज सिग्देलले सुर्खेतस्थित उत्तर पश्चिम पृतना र बुटवलस्थित मध्यपश्चिम पृतनाको निरीक्षण गरेका छन् ।
उनले सोमबार र मंगलबार उत्तर पश्चिम पृतना र मध्यपश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनले यी पृतनाका जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे जानकारी लिनु भई सकलदर्जालाई सम्बोधन गरेका थिए ।
प्रधानसेनापति सिग्देलले मंगलबार बुटवलस्थित सैनिक अस्पतालको समेत निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा उनले अस्पतालको विविध पक्षबारे जानकारी लिँदै अस्पतालले प्रदान गरिरहेका सेवाका बारेमा जानकारी लिए ।