०३ असार २०८३, बुधबार

कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रको एक होटलमा आगलागी, १४ जनाको मृत्यु

बैशाख १७, २०८२
काठमाडौं
कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रको एक होटलमा आगलागी, १४ जनाको मृत्यु

कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । 

कोलकाताको फालपट्टी माछा मार्ने क्षेत्रमा रहेको होटलमा मंगलबार राति आगलागी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

२२ जनालाई उद्धार गरिएको र अझै पनि केही मानिसहरू भित्र फसेको हुन सक्ने समाचारमा उल्लेख छ । आगो नियन्त्रणमा आइसकेको छ । 

आगलागीको अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ । 

घटनास्थलमा उपस्थित एक व्यक्तिले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए। चौथो तलाबाट हाम फाल्ने प्रयास गर्दा दुई जना घाइते भएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्