२१ जेठ २०८३, बिहीबार

राजस्व उठाउन वीरगञ्जमा घरदैलो अभियान, महानगरको टोली आएपछि व्यापारी सटर बन्द गरेर भागे

बैशाख १७, २०८२
पर्सा
राजस्व उठाउन वीरगञ्जमा घरदैलो अभियान, महानगरको टोली आएपछि व्यापारी सटर बन्द गरेर भागे

वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले  अभियान थालिएको हो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह,  उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।  

राजस्व महाशाखा प्रमुख कर्णले भने, ‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले  सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।'

महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्