३० जेठ २०८३, शनिबार
रेशम चौधरी पक्राउ प्रकरण

रेशम चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी हिरासतमा

बैशाख १७, २०८२
काठमाडौं
रेशम चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी हिरासतमा

रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी पक्राउ परेका छन् ।

चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।

विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर सोधपुछ भइरहेको उनले बताए । विष्टले व्यक्तिगत सनकका भरमा पत्र लेखेको पाइएको प्रहरीले जनाएको छ ।

सर्वोच्चले आजै अर्को पत्र लेखेर चौधरीलाई थुनामुक्त गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दियो ।

सर्वोच्चले कारागारलाई पठाएको पत्रका आधारमा चौधरीलाई बुधबार प्रज्ञा भवन कमलादीबाट पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्