२३ जेठ २०८३, शनिबार
रेशम चौधरी पक्राउ प्रकरण

सर्वोच्चले भन्यो– रेशम चौधरीलाई पक्राउ गर्न भनेर लेखिएको पत्र अनधिकृत

बैशाख १७, २०८२
काठमाडौं
सर्वोच्चले भन्यो– रेशम चौधरीलाई पक्राउ गर्न भनेर लेखिएको पत्र अनधिकृत

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनी लेखिएको पत्र अनधिकृत रहेको पुष्टि गरेको छ ।

सर्वोच्चले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अदालतका शाखा अधिकृतले कारागार कार्यालयलाई लेखेको पत्र अनधिकृत रहेको प्रस्ट पारेको हो ।

'यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२/०१/१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृतरूपमा सो पत्र लेख्ने अधिकृतलाई कानूनबमोजिम कारबाहीको प्रकृया शुरू गरिएको बेहोरा सबैमा जानकारीका लागि अनुरोध छ,' सर्वोच्चको विज्ञप्तिमा भनिएको छ ।

null

सर्वोच्चका अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुर्‍याइएको थियो ।

सर्वोच्चले अर्को पत्र लेखेसँगै चौधरी आजै रिहा हुनेछन् ।

अनधिकृत पत्र लेख्ने विष्टलाई पक्राउ गरिसकिएको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।

विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर सोधपुछ भइरहेको उनले बताए ।

विष्टले व्यक्तिगत सनकका भरमा पत्र लेखेको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्