०७ साउन २०८३, बिहीबार

पाँच देशका राजदूतले बुझाए राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र

बैशाख १७, २०८२
काठमाडौं
पाँच देशका राजदूतले बुझाए राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त विभिन्न पाँच देशका गैरआवासीय राजदूतले  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

नेपालका लागि गणतन्त्र बेलारूका राजदूत मिखाइल कास्को, जर्जियाका वाख्ताङ जाओश्विली, गणतन्त्र मालीका फेलिक्स डियालो, कुवेतका मेशल मुस्तफा जे अलशेमाली र गणतन्त्र अर्मेनियाका वाहाग्न अफ्यानले ओहोदाको प्रमाणपत्र  बुझाएका हुन् । 

समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्