२४ जेठ २०८३, आइतबार

कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा विदेश विभागका इन्चार्ज चौथाइवालेको भेट

बैशाख १७, २०८२
काठमाडौं
कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा विदेश विभागका इन्चार्ज चौथाइवालेको भेट

भारतीय जनता पार्टी (भाजपा)को विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच बुधबार दिउँसो सभापति देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री राणाले चौथाइवालेसँग भेट फलदायी भएको र नेपाल–भारत सम्बन्धका विविध पक्षहरूको समीक्षा गर्दै हाम्रो दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने सम्भावनाबारे छलफल भएको जानकारी दिएकी छिन् । 'भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेसँग फलदायी भेटवार्ता भयो । भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरूको समीक्षा गर्दै हाम्रो दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने सम्भावनाहरूमा छलफल गरियो,' उनले भनेकी छिन् ।

यस्तै, डा. चौथाइवालेले पनि सामाजिक सञ्जालमा कांग्रेस सभापति र परराष्ट्रमन्त्रीसँग सधैं रमाइलो भेट हुने जानकारी दिएका छन् । 'मैले उहाँहरूसँग पारस्परिक हितका धेरै विषयमा गहन छलफल गरेँ,' उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्