
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनयात्रा मूल समितिको उपसंयोजकको जिम्मेवारी डा. तोसिमा कार्कीलाई दिएको छ ।
पार्टीको जनयात्रा मूल समितिको आज बसेको बैठकले डा. कार्कीलाई (उपसंयोजक), कमल सुवेदीलाई (सचिव) र निशा डाँगीलाई (प्रवक्ता)को जिम्मेवारी ताेकेकाे हो ।
'राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्की (उप-संयोजक), कमल सुवेदी (सचिव) र निशा डाँगीलाई (प्रवक्ता)को जिम्मेवारी ताेकेकाे छ,' रास्वपाले भनेको छ ।
केन्द्रीय समितिकाे बैठकले संयाेजककाे जिम्मेवारी यसअघि नै विराजभक्त श्रेष्ठलाई दिएको थियो ।