
नेपाल शिक्षक महासंघसँग भएका सहमति अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच वार्ता भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि वार्ता सहभागी थिए ।
वार्तामा भएको भएको ९ बुँदे सहमति बोकेर मन्त्रीहरू बालुवाटार पुगेका हुन् । मन्त्रिपरिषद् बैठकले तीन सहमति अनुमोदन गर्ने र आजै सरकार र शिक्षक महासंघले संयुक्त रूपमा सार्वजनिक गर्ने तयारी छ ।