२१ जेठ २०८३, बिहीबार

अपहरणको अभियोगमा नाबालकसहित चार पक्राउ

बैशाख १८, २०८२
बारा
अपहरणको अभियोगमा नाबालकसहित चार पक्राउ

बाराको कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरिएको थियो ।

अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको उनले बताए । हिरासतमा लिइएका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन । 

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्