२१ जेठ २०८३, बिहीबार

आदिवासी जनजाति महासंघको महाधिवेशन काठमाडौंमा हुने, माधवकुमार नेपालले उद्घाटन गर्ने

बैशाख १९, २०८२
काठमाडौं
आदिवासी जनजाति महासंघको महाधिवेशन काठमाडौंमा हुने, माधवकुमार नेपालले उद्घाटन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन यही वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।

महासङ्घका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले देशभरमा ३५ जातीय घटक सङ्घ, सात प्रदेश महासङ्घ र ७० जिल्ला महासङ्घबाट करिब छ सय प्रतिनिधि तथा पर्यवेक्षकको महाधिवेशनमा सहभागिता रहने जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने छन् । 

विभिन्न प्रस्तावका साथै राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासङ्घका महासचिव चन्द्र तामाङले बताए ।

मुलुकमा राजनीतिक आन्दोलनमा महासङ्घको योगदान, संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन छलफल गरिने महाधिवेशनमा मुलुकको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न महासङ्घले निर्वाह गर्नुपर्ने भूमिका, आगामी रणनीति, कार्यक्रमबारे समीक्षा गरिने छ । काठमाडौंको बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्