२० असार २०८३, शनिबार
नेपाली छात्रा मृत्यु प्रकरण

केआईआईटीमा दुई महिनामै दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग

बैशाख १९, २०८२
काठमाडौं
केआईआईटीमा दुई महिनामै दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग

ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थी मृत भेटिएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । 

एबीभीपीले एक विज्ञप्ति जारी गर्दै गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको छ ।

एबीभीपीका राष्ट्रिय महासचिव वीरेंद्रसिंह सोलंकीले भनेका छन्, 'पुनः यस्तो गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार किन चुप लागिरहेको छ ?' उनले घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भन्दै कडा टिप्पणी गरेका छन् ।

बिहीबार केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा प्रिशा साह झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । 

ओडिशा पूर्वकी एबीभीपी राज्य सचिव दीप्तिमयी प्रतिष्ठारीले विश्वविद्यालयमा आत्महत्याका घटनाहरू पटक–पटक हुनुले यसको विश्वसनीयता माथि प्रश्न उठ्ने बताइन् । उनले तत्काल विश्वविद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गर्दै मृतक छात्रालाई न्याय दिनुपर्ने माग गरिन् ।

गएको फागुनमा केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएका हुन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्