२० असार २०८३, शनिबार
संसद् भवनमा राष्ट्रपति

दायाँ–बायाँ लेनमा निर्बाध गाडी चल्न दिएर संसद् भवनसम्म राष्ट्रपतिको सवारी [फोटो]

बैशाख १९, २०८२
काठमाडौं
दायाँ–बायाँ लेनमा निर्बाध गाडी चल्न दिएर संसद् भवनसम्म राष्ट्रपतिको सवारी [फोटो]

सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सडक जाम नगरी संसद् भवन पुगेका छन् ।

राष्ट्रपति भएलगत्तै सडक जाम नगरी सवारीको प्रबन्ध मिलाउन निर्देशन दिएका पौडेल अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि सडक जाम नगरी संसद् भवन पुगेका हुन् ।

राष्ट्रपतिको सवारी बीचको लेनमा भए पनि दायाँबायाँ सवारी साधन निर्बाध चलेका थिए ।

पौडेलभन्दा अगाडिका राष्ट्रपतिको सवारीका क्रममा सडक जाम गरेको भनेर चर्को आलोचना हुने गरेको थियो ।

null

पौडेललाई संसद् भवन परिसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्वागत गरे ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।

राष्ट्रपतिलाई रिसल्लासहितको विशेष सवारीको प्रबन्ध गरी संसद् भवनमा प्रवेश गराइएको थियो ।

null

 

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्