२१ जेठ २०८३, बिहीबार

वैशाख २२ र २३ गते राष्ट्रियसभामा ​नीति कार्यक्रममाथि छलफल हुने

बैशाख १९, २०८२
काठमाडौं
वैशाख २२ र २३ गते राष्ट्रियसभामा ​नीति कार्यक्रममाथि छलफल हुने

राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्य व्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे  । 

अध्यक्ष दाहालले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपरान्ह २ बजेभित्र कार्य व्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराए । ​

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते अपरान्ह १२ः१५ मा बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्