
सव-जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता-२०८२ मा यू-१२ तर्फ सिन्धुलीका दीप थिङ प्रथम भएका छन् ।
पर्वतको कुश्मामा भएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका च्याम्पियन खेलाडी सक्षम गुरुङलाई पराजित गर्दै उनी विजयी बनेका हुन् ।
उनले गुरुङलाई २१-१२ र २१-१३ को सोझो सेटमा पराजित गरेका हुन् ।
कमलामाई नगरपालिका सिन्धुलीका थिङलाई लोकान्तर डटकमले लजिस्टिक सर्पोट गरेको थियो ।
प्रतियोगिताअन्तर्गत यू- १२ मा गण्डकी- १२, लुम्बिनी- २, सुदूरपश्चिम- ४, बागमती- ४, मधेश- ३, कोशी प्रदेशका- २ जना गरी २७ जना सहभागी थिए ।
पर्वत जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिता यही वैशाख १८, १९ र २० गते सम्म तीन दिन चलेको थियो ।