२७ जेठ २०८३, बुधबार

कान्ति लोकपथ सडक अवरुद्ध

बैशाख २१, २०८२
काठमाडौं
कान्ति लोकपथ सडक अवरुद्ध

 गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ आउने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि बिहान ६ः०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । 

अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए । प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्